site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बिहीबार शितलनिवासमा वाग्मतीका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीका यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

वाग्मतीका प्रदेशप्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro