site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीटीईभीटीभित्र राेग छ, तत्काल पुनर्संरचना गरिन्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)काे पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाइने बताएकी छन् ।

बिहीबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सीटीईभीटीमा देखिएका समस्या हटाउन पुनर्संरचना आवश्यक रहेकी बताएकी हुन् ।

बैठकमा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने कलेजहरूले लामाे समयसम्म पनि सम्बन्धन स्वीकृति नपाएको सन्दर्भमा छलफल भएको थियाे ।

सम्बन्धनमा ढिलाइबारे मन्त्री भट्टराईले भनिन्, "सीटीईभीटीभित्र राेग छ, पुनर्संरचना गर्नु आवश्यक छ ।"

पुनर्संरचनाको प्रकिया तत्काल अघि बढाइने उनकाे भनाइ छ । उनले सम्बन्धन स्वीकृतिको समस्या सम्बोधन हुने गरी र पाठ्यक्रम परिमार्जन तथा गुनासाे सुनुवाइ हुने गरी पुनर्संरचना प्रक्रिया अघि बढाउने बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro