site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामसुङका कर्मचारी पुनः आन्दोलित
फाइल तस्बिर ।

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् ।   

युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हड्ताल गरेका थिए ।  उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो । 

आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरूद्ध गरेका थिए । दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)का उपाध्यक्ष ली ह्युन–कुकले बताए ।

युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो । 

सामसुङ इलेक्ट्रोनिक्सको हड्तालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोष्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसुङका अध्यक्ष ली जे योङको घर बाहिर भेला भई प्रदर्शन गरेका थिए । 

युनियनले कम्पनीले हड्तालमा सहभागीको ‘कालोसूची’ सिर्जना गर्नेसहित अवैध माध्यमबाट हड्ताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताए ।

यसैबीच सामसुङले बुधबार श्रमिक युनियन हड्ताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको र ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या  नभएको जनाएको छ । 

आन्दोलनरत नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एक चौथाई अर्थात् करिब ३६ हजार सदस्य रहेका दाबी गरिएको छ । कम्पनीमा श्रम संगठन गर्न वर्जित गरिएको छ । 

दुई वर्षअघि युनियनले लीको निवास अगाडि प्रदर्शन गरी तीनवटा थप बिदाहरू थप्न सफल भएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro