site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘माथिल्लो अरुण चाँडै सकाउने गरी काम भइरहेको छ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारमा भएको भेटमा विश्व बैंकले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल गरिएको थियो ।

त्यसक्रममा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति निजी क्षेत्र र दातृनिकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताए । अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैंकको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका निम्ति सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताए । उक्त क्षेत्रमा समेत विश्व बैंकको सहयोग रहने उनले विश्वास व्यक्त गरे । विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराए । उक्त लक्ष्य हासिल गर्न विश्व बैंकको सहयोग आवश्यक हुने उनले बताए । विश्व बैंकको सहयोगमा बनाउन लागिएको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

विश्व बैंकका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा आफूहरूको सधैँ साथ र सहयोग रहने बताए । अपर अरुण जलविद्युत् आयोजनालाई चाँडो सकाउने गरी काम भइरहेको उनले उल्लेख गरे । ऊर्जासँगै सिँचाइको योजनालाई विश्व बैंकले प्राथमिकता दिने उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro