राजनीति
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाबारे चासो देखाएका छन् ।
संसद् बिजनेसविहीन भएपछि सभामुख घिमिरेले विभिन्न समितिका सभापतिहरूसँग छलफल गर्दै समितिमा विचाराधीन विधेयकहरूको अवस्थाबारे चासो देखाएका हुन् ।
बुधबार भएको छलफलमा उनले विचाराधीन विधेयकहरूलाई चाँडो टुंगोमा पुर्याउन आग्रह गरेका छन् । छलफलपछि उद्योग समितिका सभापति अब्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाबारे सभामुखले जिज्ञासा राखेको जानकारी दिए ।
उनका अनुसार समितिमा रहेका समस्याबारे पनि सभामुखले जानकारी लिएका छन् । छलफलमा समिति सञ्चालनमा देखिएका समस्या, आर्थिक समस्या लगायतका विषयमा चर्चा भएको खानले बताए ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १७:४२
प्रतिक्रिया दिनुहोस्