site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
तीन व्यवस्थाको मारमा प्रहरी संगठन : एक महिनापछि अवकाशमा जाँदैछन् एआईजीसहित ११ एसएसपी र ३० डीएसपी
SkywellSkywell

काठमाडौं । प्र्रहरी निरीक्षकमा २०५१ चैत ५ मा भर्ना भएका उच्चप्रहरी अधिकारीहरू एकपछि अर्को गरी अवकाशमा जाँदैछन् । गएको वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मीरा चौधरीले अवकाश पाए ।

त्यसको दुई महिनापछि अर्का एआईजी उमेशराज जोशीले गते असार १९ मा अवकाश पाए ।  उनीहरूसँगै उनकै ब्याची डीआईजीद्वय पोषराज पोखरेल र सुरेन्द्र मैनालीलेसमेत असारमै अवकाश पाए ।  अवकाशको क्रम जारी छ । एक महिनापछि अर्का एआईजी हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत श्यामलाल ज्ञवालीले पनि अनिवार्य अवकाश पाउँदै छन् ।

कोही उमेरका कारण सेवावधि बाँकी हुँदै अवकाश गए र जाँदैछन् भने कोही तीस वर्षे सेवाधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।  प्रहरीमा तीन आधारमा अवकाश पाउँछन् । जसमा उमेर, पदावधि र प्रहरीको सेवाअधि गणना हुने गर्छ । 

Dabur Nepal
NIC Asia

२०५१ मा भना भएका अधिकारीहरू सेवा अवधि र पदावधि नभई डीआईजी र एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन् ।

ज्ञवाली भदौ २५ मा अवकाशमा जाँदै छन् । उनीपछि हाल एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशी कार्तिक १८ गते अवकाशमा जानेछन् ।  एआईजी किरण बज्राचार्य मंसिर १७ र भीम ढकालले मंसिर २८ मा अवकाश पाउने छन् ।

एआईजीबाहेक डीआईजी केदार ढकाल, राजेश बास्तोला, किरण राणा पनि कार्तिक–मंसिरमा अवकाशमा जाने छन् । उनीहरू प्रहरीको ३० वर्षे सेवाअवधि बाँकी रहँदै अवकाश पाउने छन् ।
 
प्रहरी अधिकारीहरू प्रहरीको विद्यमान व्यवस्थाका कारण अनुभवी र काम गर्ने जोश–जाँगर हुँदा हुँदै अवकाशमा जानुपर्ने व्यवस्था संशोधन गर्न धारणा राख्दै आएका छन् ।  अनुभवी पात्रहरू चाँडै अवकाशमा जाँदा राज्यलाई नोक्सान भएको तर्क बेलाबखत आउने गर्छ । 

नयाँ गृहमन्त्री नियुक्ति भए लगत्तै प्रहरी ऐन र नियमावली परिमार्जन आवश्यक भएको धारणा राख्छन् । तर, यसले पूर्णता पाउन सकेको छैन । 

गृहमन्त्री रमेश लेखकले समेत प्रहरी ऐन संशोधनसम्बन्धीको विधेयक एक महिनाभित्र संसदमा पेस गर्ने बताएका छन् ।  विधेयकमा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनेदेखि उमेरहद समेत पुनरावलोकन गरेर प्रस्ताव लिने तयारी गरेको छ ।

त्यसका लागि पूर्वमूख्यसचिव लिलामणि पौडेलसहित पूर्वआईजीसहितको समितिले सुझाव प्रतिवेदन समेत तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए । 
 
वैशाखयता अवकाशमा गएका र जान लागेको सबै उच्च अधिकारी हालका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।  आईजी कुँवरले भने आउँदो चैतमा प्रहरीको ३० वर्षेसेवा अवधिका कारण अवकाश पाउने छन् । आईजीपी कुँवरका ब्याचका अधिकांश प्रहरी अधिकारी उमेरहदका कारण अवकाशमा जाँदै आएका छन् ।

एक महिनापछि ११ एसएसपी र ३० डीएसपी अवकाशमा

उच्च प्रहरी अधिकारीसँगै उमेर र ३० वर्षे सेवा अवधिका कारण भदौ १६ मा ११ एसएसपीले समेत एक साथ अवकाश पाउँदैछन् ।

उनीहरू ३० वर्षेसेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् ।  अवकाशमा जान लागेका एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, दिल्लीराज विष्ट, रेवती ढकाल, किसनसिंह थापा, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर वली छन् ।

त्यस्तै, चन्द्रदेव राई, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रविन्द्र रेग्मी एकसाथ अवकाशमा जाँदैछन् । एसएसपीबाहेक ३० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूले समेत अवकाश पाउन लागेका छन ।

उनीहरू समेत ३० वर्षे सेवा अवधिकै कारण भदौ १६ मा अवकाश पाउन लागेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro