राजनीति
काठमाडौं । प्रतिनिधिसभा बिजनेसविहीन भएपछि सभामुख देवराज घिमिरेले बिजनेसका लागि पहल सुरु गरेका छन् ।
सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अघिकारीका अनुसार सभामुखले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । दिउँसो ३ बजे समिति सभापतिसँग उनले छलफल गर्न लागेका हुन् ।
“संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दै हुनुहुन्छ,” उनले भने ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १४:१७
प्रतिक्रिया दिनुहोस्