देश
काठमाडौं । बाँके र दाङमा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा बाँके र दाङमा भारी वर्षा भएको हो ।
बाँकेको कुसुम, सिक्टा र दाङको घोरही, पधमपुर, लालमटीया, कोइलाबास र आसपासका वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्र भएर बहने पश्चिम राप्ती र अन्य स–साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ११:०३
प्रतिक्रिया दिनुहोस्