site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
फाइल तस्बिर ।

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । 

पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा पाँचवटा, २०७४/०७५ मा चारवटा, २०७५/०७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । 

२०७६/०७७ मा एउटा, २०७७/०७८ मा एउटा, २०७९/०८० मा एउटा र २०८०/०८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/०७४ मा १४, २०७८/०७९ मा चार र २०८०/०८१ मा ३७ जना बेपत्ता भएका हुन् । 
 
उक्त अवधिमा उक्त सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/०७४ देखि २०८०/०८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro