site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेसनल लाइफको ‘गाला कन्सर्ट’ सम्पन्न

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सोल्टी होटलमा ‘नेसनल लाइफ गाला कन्सर्ट’ सम्पन्न गरेको छ । कम्पनीले गत जेठमा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट काम गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई समेटेर यो कन्सर्ट आयोजना गरिएको थियो ।

उक्त कन्सर्टमा करिब ३०० जनाको उपस्थिति थियो । कन्सर्टमा कलाकार सन्दीप क्षेत्रीको प्रहसनसहित नेपालका चर्चित कलाकारहरू प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको सांगीतिक प्रस्तुति पनि थियो ।

भव्यरूपमा आयोजना गरिएको गाला कन्सर्टमा कम्पनीका उपकार्यकारी अधिकृतले नेसनल लाइफले सदाझैँ अभिकर्ताहरूको चाहनालाई मध्येनजर गर्दै विभिन्न योजनाहरू ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको बताए । उनले यस योजनालाई देशैभरिका अभिकर्ताहरूले उत्साहका साथ मनन गरेकाले सफल भएको बताए । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro