site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा स्वर्णिम वाग्लेको जवाफ– 'मनरो डक्ट्रिन' उच्चारणै गर्न नसक्नेहरू रातारात विज्ञ भएछन् !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले ‘साउथ एसियन मनरोडक्ट्रिन’बारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने क्रममा वाग्लेले प्रश्न उठाउने सांसदहरूलाई 'उच्चारणसमेत गर्न नजान्नेहरू'को संज्ञा दिए । उनले आफूमाथि सदनमै लाञ्छना लगाएर खेदजनक अभ्यास भएको पनि गुनासो गरे ।

“हिजो यस गरिमामय सदनममा मेरो नामै लिएर यो सदनमा एउटा अपव्याख्या र लाञ्छानाको खेदजनक अभ्यास भयो,” सम्बोधनको सुरुमै उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले गत फागुनमा आफूले भनेको र सदनमा प्रश्न उठेको ‘साउद एसियन मनरो डक्ट्रिन’ र 'भारतको कुरा हामीले बुझिदिनुपर्ने' भन्दै राखेको वाक्यांश भने उच्चारण गरेनन् ।

एमाले सांसद रघुजी पन्तले सोमबार संसद्‌मा ‘भारतले पनि नभनेको साउथ एसियन मनरो डक्ट्रिन हाम्रा सांसदलाई किन चाहियो’ भन्दै प्रश्न उठाएका थिए ।

Royal Enfield Island Ad
वाग्लेले पुकार मल्लको प्रसंग ल्याएर पन्तले नबुझी टिप्पणी गरेको बताए । “एकजना भाइ छन्, डा. पुकार मल्ल । अमेरिकामा पीएचडी गरेर फर्कनुभएका पुकार मल्लले एकचोटि निम्तो पठाउनुभयो, मलाई । दाइ जेफरसोनियन लन्च आयोजना गरेको छु, आइदिनुपर्‍यो भन्नुभयो । के रहेछ यो जेफरसोनियन लन्च भनेर मैले गुगल गरेर हेरेँ,” वाग्लेले भने, “अहिले मनरोडक्ट्रिनबारे खुब गुगल गरेर रातारात विज्ञहरू निस्किरहेका छन् । मनरो डक्ट्रिन उच्चारणै गर्न नसक्नेहरू पनि रातारात विज्ञ भएको मैले देखिरहेको छु ।”

उनले आफूले पनि जेफरसोनियन लन्च के रहेछ भनेर बुझ्न गुगल गरेको प्रसंग सुनाएका थिए ।

“एउटा टेबल हुने रहेछ, १०/१२ जना बस्ने रहेछन् । वान कन्भर्सेसन एट अ टाइम । एकचोटि एक जनाले बोल्ने, अरूले सुन्ने, गहन विषयहरूमा मात्र कन्भर्सेसन हुने,” वाग्लेले भने, “अमेरिकाका एकदम विद्वान् तेस्रो राष्ट्रपति थोमस जेफर्सन आफ्नो मोन्टेचेलो भन्ने घरमा त्यस्तो खालको प्राज्ञिक बहस चलाउने रहेछन् । अब एउटा नाम हो, एउटा परिवेश थियो, एउटा ऐतिहासिक प्रसंग पनि हो । जेफरसोनियन लन्च भन्दैमा स्वर्गबाट थोमस जेफर्सन आएर यहाँ भान्सा चलाउने त होइन नि ।”

उनले मनरो डक्ट्रिन पनि समय सन्दर्भअनुसार हेर्न आग्रह गरे । वाग्लेले सन्दर्भ नै नबुझेर 'चियाको कपमा तुफान' ल्याउन नखोज्न आग्रह गरे ।

“अलिकति कन्टेक्स्ट, बुझ्यौँ भने हामीले चियाको कपमा तुफान ल्याउन खोजिरहेका छौँ कि, एउटा अतिरञ्जनाको खेती गरिरहेका छौँ कि, एउटा यथार्थ तथ्यमा टेकेर बहस गरिरहेका छौँ भन्ने कुरा आफैँमा स्वयंसिद्ध हुनेछ,” वाग्लेले भने ।

उनले अमेरिकमा तेस्रो राष्ट्रपति जेफर्सनपछिमेडसन र त्यसपछिका राष्ट्रपति मनरो आएको भन्दै उनको विदेश नीतिको सान्दर्भिकता २०० वर्षमा सकिसकेको बताए ।

“जेम्स मनरो पाँचौँ राष्ट्रपति बने । उनले २०० वर्ष अगाडि सात समुद्र पारी एउटा भिन्न काल र परिस्थितिमा एउटा विदेश नीति ल्याएका थिए । जसको सान्दर्भिकता सकिसकेको छ,” वाग्लले भने, “मनरो डक्ट्रिन आज सान्दर्भिक छैन । तर, त्यसको मर्म चाहिँ सान्दर्भिक छ, प्रासंगिक छ ।” 

उनले त्यसको मर्मको विषय उदयीमान शक्ति राष्ट्रहरूको भावनासँग मिल्ने बतए । उनले आफूले भनेको ‘साउद एसियन मनरो डक्ट्रिन’ बुझाउन उदाहरण प्रस्तुत गरे ।

“त्यसको मर्म के हो भने सबै उदीयमान शक्ति राष्ट्रहरूले आफ्नो छिमेक नीतिमा चासो राख्दछन् । आफ्ने प्रभाव क्षेत्र आफ्नो स्फेयर अफ इन्फ्लुयन्सबारे उनीहरूले हेक्का राखेका हुन्छन् । भारतको घोषित ‘नेबरहुड फस्ट’ (छिमेकी पहिलो) नीति छँदै छ, जसलाई नेपालले अनर (सम्मान) गरेकै छ । चाइनाको ‘वान चाइना पोलेसी’ (एक चीन नीति)लाई हामीले अनर गरेका छौँ । इन्फ्याक्ट चाइनाको त जनवादी गणतन्त्र जन्मनुभन्दा दुई वर्षअघि नै ताइवान लखेटिएका चेङ काइसेकले कोमिन्ताङले अपनाएको ११ वटा धर्सोले सीमांकन गरेको आफ्नो स्फेयर अफ इन्फ्लुयन्स आज मलेसिया र र ब्रुनाईको समुद्रसम्म पनि चिनले दाबी गरेको छ ।”

उनले यस्तो स्वाभाविक भको भन्दै सकेको बेला नेपालले पनि गरेको बताए । “सकेको बेला नेपालले पनि दाबी गरेको थियो । जेम्स मनरोको पालामा यहाँ भीमसेन थापा हुनुहुन्थ्यो । थापा काजीहरूको पुर्ख्यौली घर बोर्लाङ गोरखा, म बुङकोट गोरखा । वल्लो डाँडा, पल्लो डाँडा । तिनी डाँडा पारि पृथ्वीनारायण शाह । अलिकति गोर्खाली राष्ट्रवादको रगतै खोज्ने हो भने अलि अलि अंश ममा पनि छ,” उनले भने, “रुस–युक्रेन युद्धको जड पनि त्यही नै हो । त्यसैले सक्नेले आफ्नो प्रभाव जमाउन खोज्छ । रियल पोलिटिक्स भनेको यही हो ।”

उनले दुई हजार वर्षदेखि ‘राइज एन्ड फल अफ ग्रेट पावर’ विषयबाट धेरै कुरा प्रस्तुत हुने भन्दै रोमन, ओटोवङदेखि पोर्चुगिज र ब्रिटेनसम्मको अवयव हेर्दा पनि त्यो इतिहासमा जगजाहेर भएर बसेको बताए । उनले भारत र चीनले पछिल्ला ३५ वर्षमा गरेको प्रगतिबाट नेपालले लाभ लिनुपर्ने पनि बताए ।

“चीन र भारतको विकास विगत ३५ वर्षमा यति नाटकीय ढंगले भएको छ । पर्यटन पुँजी, सहुलीयतपूर्ण वित्त, सन्निकटताको आधारमा नेपालले लाभ लिन सक्नुपर्दछ,” वाग्लेले भने, “यस्तो राष्ट्रियता क्राफ्ट गरौँ कि उनीहरूको उन्नयनबाट हामीले लाभ लिन सकौँ ।”

उनले उदयीमान शक्तिका जोखिमहरू पनि हुने भन्दै त्यसबाट होसियार रहन त्यसको सीमाहरूमा होसियार हुनुपर्ने बताए । “तर, राइजिङ पावर्सहरूका विराट एस्पिरेसन्सहरू हुन्छन्, तर केही भल्नरेबिलिटिजहरू हुन्छन् । ती रेडलाइन्सहरू हामीले अनर गर्‍यौँ भने विन–विन आउटकममा हामी जान सक्छौँ,” वाग्लेले भने ।

त्यति भनेपिछि उनले नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले ‘साउथ एसिएन मनरोडक्ट्रिन’बारे रास्वपाको आधिकारिक धारणा मागेका विषयमा जवाफ दिएका थिए ।

“राष्ट्रिय स्वतन्त्र पार्टीले जलेश्वरमा एउटा प्रस्तावना तयार गरेको छ । अघि आधिकारिक धारणाको माग भइरहेको थियो,” वाग्लेले भने, “नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य ‘डायस्पोरा’ र एसियाको उदाउँदो भूराजनीतिक महत्त्वलाई आत्मसात गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहनेछ भन्ने स्पष्ट लेखिएको छ ।”

यति भनेर उनले प्रश्न उठाउने सांसदहरूको आलोचना गरे । वाग्लेले हाकाहाकी झुट बोलेर भगाउन सकिन्छ कि भनेर प्रयास नगर्न चेतावनी पनि दिए । 

“विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझे पनि बुझ पचाउने र डिस्टोर्ड गर्ने, हाकाहाकी झुटो बोलेर पञ्चायतकालमा कांग्रेस–कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । अहिले त रास्पवपाका युवा सांसदहरू हेर्नुस्, २१ जनामा १९ जना हामी ५० वर्षभन्दा मुनि छौँ, युवा शक्ति छ । विदेशमा पढेका, अनुभव हासिल गरेका । अब यिनीहरूलाई भ्रष्टाचारको त आरोप लाउन सक्नुहुन्न । अक्षमताको आरोप त लगाउन सक्नुहुन्न,” उनले भने, “पञ्चायतकालीन स्मरण गरौँ, अराष्ट्रिय तत्व र भाष्य निर्माण गर्दै छौँ । यो खेदजनक छ । यसलाई डटेर सामना गर्नेछौँ ।”

उनले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद विगतमा नभएको भन्दै भइदिएको भए देश अफगानिस्थानपछिको दोस्रो मुलुक नहुने बताए । 

“चीनमा ३५ वर्ष अघिको ३३३ डलरबाट आज १३ हजार डलर पुगेको छ, प्रतिव्यक्ति आय । नेपाल १८५ डलबार १३ सयमा गएर अड्किएको छ । दशौँलाख युवाहरू बाहिर गएका छन्, चरम नैराश्य छ । त्यसैले कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईंहरूले नेपाललाई त्यहाँ पुर्‍याइरहनुभएको छ ?,” प्रश्न गर्दै वाग्लेले भने, “हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमसत्तालाई अक्षुण्ण राख्दै आर्थिक लाभ लिने, हाकाहाकी संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने ।” 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको प्रसंग राख्दै आफूले मोदीले भाषणमा भनेको एचआईटी सम्झाएको बताए ।

“प्रधानमन्त्रीजी नरेन्द्र मोदी यही बोलेर जानु'भो, १० वर्षअघि । दुई वर्ष अगाडि मैले भेट हुँदा महामहिम एचआईटी (हाइवे, इन्फो वे, ट्रान्स वेज)को त्यत्रो कुरा गर्नुभएको थियो, त्यसले अपेक्षित गति लिएन नि भनेर उहाँलाई मैले भनेका थिएँ । विदेशमन्त्री जय शंकर त्यतिबेला विदेश सचिव हुनुहुन्थ्यो । मैले उहाँलाई भने नाकाबन्दी लगाएर इन्डियाले हिस्टोरिक ब्लन्डर गरेको छ,” वाग्लेले भने, “चीनका मन्त्रीहरूलाई नक्सा फिँजाएर हुँ वान एङ लाइन देखाएर एयर कनेक्टिभिटीमा हामी किन चुक्यौँ भनेको छु ।” उनले आफू रास्वपा प्रतिनिधिमण्डको नेतृत्व गरेर अर्को महिना चीन जान लागेको भन्दै त्यहाँ पसिन आमनेसामने बहस गर्ने बताए ।

त्यसपछि उनले ओली र एमालेको राजनीतिमा प्रश्न उठाएका थिए । “हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन । कुनै नदिनालाका सन्धिहरूलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नु पनि छैन,” उनले भने, “हामी नयाँ कूटनीति र नयाँ राजनीतिको संस्कार बसाल्न आएका छौँ । हामी स्पष्टसँग यी कुराहरू भन्छौँ ।”

उनले अरूको राष्ट्रवाद कागजमा रहेको भन्दै वास्तविक राष्ट्रवाद रास्वपाले देखाउने बताए ।

“अरूको राष्ट्रवाद कागज र भाषणमा होला । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा देखिन्छ,” उनले भने, “मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुक्काउने, क्यारिकेचर बनाउने, स्ट्रम्यान बनाएर, झुट बोलेर यसलाई पन्छाउन सकिन्छ कि भन्ने दुस्साहस कसैले नसोच्नुहोला । तपाईंहरूले सक्नुहुन्न, यो कुरा गर्न सक्नुहुन्न ।” 

उनले आफूले सात–आठ मिनेटमा धेरै कुरा राख्न नसकेको भन्दै खुला बहसका लागि घन्टौँ बहस गर्न तयार रहेको भनेर कुरा टुंग्याएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro