site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌ छिर्‍यो भारतबारे वाग्लेको पाँच महिनाअघिको अभिव्यक्ति, एमालेले किन जनायो आपत्ति ?
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले पाँच महिनाअघि दिएको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद्‌मै 'गम्भीर आपत्ति' जनाएका छन् । सोमबार प्रतिनिधिसभामा विशेष समय नै लिएर बोलेका पन्तले सांसद वाग्लेको अभिव्यक्तिको आलोचना र भर्त्सना गरिनुपर्ने बताए ।

“उहाँहरूकै पार्टीका निलम्बित महामन्त्री मुकुलजीले सार्वजनिकरूपमा लगाएका आरोपहरू छन् । ती आरोपहरूलाई मैले निलम्बित हुँदा लगाएको आरोपमात्र सोचेर गम्भीररूपमा लिएको थिइनँ,” उनले भने, “तर, उहाँ (स्वर्णिमवाग्ले) भाषणमै भन्नुहुन्छ– म भारत जाँदा भारतीय अधिकारीसँग भेट भएको थियो, हामीले उहाँहरूको कुरा बुझिदिनुपर्छ ।”

वाग्लेले भनेको 'अमेरिकी मनरो डक्ट्रिन'को सन्दर्भलाई व्याख्या गर्दै पन्तले भारतले कहिल्यै नभनेको 'साउथ एसियन मनरो डक्ट्रिन' नेपालले किन बुझिदिनुपर्ने भन्दै प्रश्न गरे ।

KFC Island Ad
NIC Asia

“मनरो डक्ट्रिन भनेको के हो ? सन् १७८३ मा सायद अमेरिका स्वतन्त्र भयो । र, सन् १८२३ मा अमेरिकाको पाँचौँ राष्ट्रपति जेम्स मनरोले अमेरिकी कंग्रेसमा भाषण गर्दै यो मूलरूपमा १८२३ मा स्थापित एक नीति वक्तव्य थियो । जसले अमेरिका र युरोपियनहरूको अलगअलग प्रभाव क्षेत्र निर्माण गर्ने कुरा अघि सारेको थियो । संयुक्त राज्य अमेरिकाले युरोपियन व्यापार क्षेत्रबाट बाहिर रहने र युरोपियनहरू ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट बाहिर रहने कुरा थियो, मनरो डक्ट्रिन ।” 

उनले नेपोलियनको शासनको पतनसँग जोडिएको विषय अहिले नेपालमा ल्याइएको जिकिर गरे । स्पेनलाई पुन: ल्याटिन अमेरिका फर्किन नदिन अमेरिकाले अघि सारेको नीति अहिले औचित्यहीन समयमा अघि सारिएको  उनको भनाइ थियो ।

Royal Enfield Island Ad

“पूरै ल्याटिन अमेरिका स्पेनको थियो । ब्राजिल पोर्चुगिजहरूको थियो । १८२२ तिरै जोसेफ मार्टिन र बोलिभियोको नेतृत्व अर्जेन्टिनालगायत देशमा मुक्ति आन्दोलन चलेको थियो । बोलिभियाको नाम नै बोलिभारको नामबाट रहन गएको थियो,” पन्तले भने, “त्यो आन्दोलन एकातिर चर्किरहेको थियो । अमेरिकाले स्पेन फेरि नफर्कोस् भनेर चाहन्थ्यो । अमेरिका अमेरिकीहरूको हो । त्यसैले स्पेनिसहरू, युरोपिनयनहरू यहाँ नर्फक, यहाँ नआऊ भने । र, यो मनरो डक्ट्रिन बन्यो ।”

उनले २ डिसेम्बर १८२३ मा अमेरिकी कंग्रेसमा तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मनरोले भनेका कुरा नै त्यतिबेलाको अमेरिकाको विदेश नीतिको अंश बनेको पनि बताए ।

“आज यो आएको २०० वर्ष भयो । मनरो डक्ट्रिनका परिकल्पनाकार र त्यसलाई नीतिका रूपमा अघि सार्ने व्यक्ति जोन क्विन्सीएडम्स थिए, जो सात वर्ष अमेरिकाको राष्ट्रपति पनि बने । यही नीतिको वक्तव्यलाई अमेरिकाको संसद्‌मा पेस गरेका थिए र त्यो युरोप र अमेरिकाको द्वन्द्वबाट मनरो डक्ट्रिनको जन्म भएको थियो,” उनले भने, “अमेरिका राइजिङ पावरको रूपमा आइरहेको थियो । त्यो पृष्ठभूमिा आएको मनरो डक्ट्रिन आज औचित्यहीन भइसकेको छ ।” 

उनले भारत स्वयंले समेत नभनेको विषयमा नेपालका सांसदले ‘हामीले बुझिदिनुपर्छ’ भन्दै गलत विषय राखेको बताए ।

“आज २०० वर्ष भयो, इन्डियाले आजसम्म कुनै पनि फर्मल फरेन डकुमेन्टमा साउथ एसियन मनरो डक्ट्रिन भनेको छैन र नेपालले कहिल्यै पनि यो स्वीकारेको छैन । हामीले बुझ्नुपर्छ नेपाल के हो ?," उनले भने ।

सांसद पन्तले नेपाल अनादिकालदेखि स्वतन्त्र भूमि रहेको पनि उल्लेख गरे । “लिच्छविकालमा पनि यो स्वतन्त्र र स्वाभिमानी राष्ट्रको रूपमा रह्यो । किराँतकालमा त भर्खर भर्खर राज्यले आकार ग्रहण गर्न लागेका बेलामा पनि यो स्वतन्त्र राज्य थियो । लिच्छविकालमामा जब लिच्छवि र गुप्ताहरूकोबीचमा द्वन्द्व भयो, तब चीनबाट एकपटक हस्तक्षेप भएको छ । भारतबाट मुस्लिमहरूको हस्तक्षेप भयो । दुवैतर्फको हस्तक्षेपसँग जुध्दै आफ्नो स्वतन्त्रता जोगाएर आएको छ,” उनले भने, “मल्लकालमा नेपालले आफ्नो प्रभाव झन् बढायो र तिब्बतमा टक छापेर पठाउने अधिकार लियो । तिब्बतमा विजयी भएर फर्कंदा भीम मल्ल काटिएको प्रसंग त चलन चल्तीमा नै छ ।”

सांसद पन्तले पृथ्वीनारायण शाह र बहादुर शाहको एकीकरण अभियान तत्कालीन ब्रिटिस साम्राज्यसँगको सुगौली सन्धिपछि रोकिए पनि यसले ब्रिटिस प्रभुत्व कहिल्यै स्वीकार नगरेको उल्लेख गरे । उनले शाहकालमा तिब्बतसँग लड्दा पनि सन् १९२३ मा बेत्रावती सन्धि भएको भन्दै अहिलेसम्म नेपाल अरूको अधीनमा नबसेको बताए ।

“सबैभन्दा महत्त्वपूर्ण कुरा ‘मनरो डक्ट्रिन’ आएको ठ्याक्कै १०० वर्षपछि नेपाल र ब्रिटिस सरकारबीच सन् १९२३ मा काठमाडौंमा एउटा सन्धि भयो, जसलाई सन् १९२३ को सन्धि भनेर चिनिन्छ,” जसमा ब्रिटिसले नेपालसँग नेपाल एउटा स्वतन्त्र र स्वाधीन देश हमो भनेर सन्धि गर्‍यो । त्यो बेला आजको भारत, आजको बंगलादेश, आजको पाकिस्तान सबै ब्रिटिस साम्राज्यको अधीनमा थिए ।”

उनले नेपाल कुनै डक्ट्रिनको अधीनमा नबसेको भन्दै सांसदहरूले त्यति कुरा बुझ्नुपर्ने बताए । “हामीले के बुझ्नुपर्‍यो भने नेपाल कहिल्यै पनि कुनै डक्ट्रिनको मातहतमा परेको छैन । त्यो बेला नेपाललाई स्वतन्त्र राष्ट्र मानेर सन्धि गर्नु नेपाली स्वतन्त्रताका सम्मान थियो र नेपाली कूटनीतिको कोशलको उपलब्धि थियो,” पन्तले भने, “प्रजातन्त्र आएपछि चीनसँगको एउटा विवादमा भारतीय प्रधानमन्त्री पण्डित, जवाहरलाल नेहरूले त्यहाँको पार्लियामेन्टमा बोले– उत्तरको हिमालयसम्म हाम्रो सुरक्षा अवधारणा छ । हाम्रो प्रभाव क्षेत्रमा पर्छ भनेपछि हाम्रा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले यसलाई सार्वजनिकरूपमा खण्डन गरे, कि नेपाल एउटा सार्वभौम र स्वतन्त्र देश हो । यो भारतको प्रभाव क्षेत्रभित्र पर्दैन भनेर ।”

उनले त्यसपछि भारतीय प्रधानमन्त्री नेहरूले सार्वजनिकरूपमै गल्ती स्वीकार्न बाध्य भएको स्मरण गराए । उनले नेपालमा राजनीतिक समस्या देखिएका बेला भारतीय सेनाले उत्तरी चेकपोस्टमा राखेको भन्दै त्यसलाई पनि नेपालले हटाएको बताए ।

“हामीले के बिर्सनुहुँदैन भन्दा नेपालमा राजनीतिक गन्जागोलका समयमा उत्तरी चेकपोस्टमा राखिएका भारतीय सेना महेन्द्र राजा र कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बखतमा भारतले नचाहँदा नचाहँदै पनि फिर्ता गरेकोमा लिपुलेक र कालापानीको फौज फिर्ता गर्न नसक्दा भारतले आज पनि त्यो भूमि हाम्रो हो भनिरहेको छ,” पन्तले भने, “तर, हामीले प्रधानमन्त्री केपी ओलीको पालामा उक्त भूभाग नेपालको हो र उक्त भूभागमा आफ्नो स्वामित्व गुमाउन सक्दैन भनेर सार्वजनिकरूपमा नक्सा छापेर भनेको छ ।” 

उनले भारतले नाकाबन्दी गरेर दबाब दिँदा पनि हस्तक्षेप स्वीकार नगरेको भन्दै अहिले कुनै समस्या नभएका बखत सांसदबाट आएको कुरा गम्भीर र खेदजनक भएको बताए ।

Raghuji-1722255073.jpg
 

“राजा महेन्द्र, राजा वीरेन्द्र र केपी ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी गर्‍यो । नेपालले त्यसलाई कुनै डक्ट्रिन मानेन,” पन्तले भने, “आज एउटा नेपालका सांसदको मुखबाट कतै चर्चामा नभएको र भारतले पनि कतै उल्लेख नगरेको ‘साउथ एसियन मनरो डक्ट्रिन’ कुरा निस्कनु र त्यसलाई नेपालले बुझिदिनुपर्ने कुरा निस्कनु अत्यन्त लज्जास्पद र खेदजनक छ ।” 

पन्तले संसद्‌मा वाग्लेको अभिव्यक्ति नै कोट गरेका थिए । उनका अनुसार २१ फागुन २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति मन्थन कार्यक्रममा ऊर्जा शृङ्खालाको सेसनमा वाग्लेले यस विषयमा बोलेका थिए । २०/२५ मिनेटको मन्तव्यको अन्त्यतिर वाग्लेले दिएको अभिव्यक्ति राष्ट्रियताको दृष्टिले गम्भीर भएको पन्तको जिकिर छ ।

पन्तले यसरी टिपेर ल्याएका थिए वाग्लेको भाषणको अंश :

आज मैले बोलिरहेको विषय डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिसँग सम्बन्धित छ । उहाँ अर्थशास्त्री हुनुहुुहुन्छ, उहाँले अर्थतन्त्रका बारेमा भन्दा म गम्भीर भएर सुन्ने गर्छु । तर, विषयहरू देशको बारेमा आउँछन् त्यहाँ परिवार, पार्टी, मित्र भन्ने हुँदैन । आफूलाई लागेको कुरा स्पष्टरूपमा भन्नुपर्छ ।

वाग्लेको भाषण :

सबैभन्दा ठूलो र अहिले अलि पेचिलो जियोपोलिटिकल (भूराजनीतिक) पनि भइरहेको छ । अब इन्डियाले यो होल गेममा हामी हामी सचेत हुनुपर्छ । चाइनिज पुँजी, चाइनिज कन्ट्याक्टरहरू र चाइनिज तकनिकी (प्रविधि) उपयोग भएकामा हामी लिँदैनौँ भनेर अब उसले भन्न पायो ।

आफ्नो स्वभरिनिटी च्वाइस पनि हो । हाम्रो लेऊ भनेको पनि हुन सक्छ, वा किन जानी जानी आफ्नो जियोपोलिटिकल राइभरलाई उठाउन दिने भन्ने पनि छ । त्यही एउटा आइरहने छ । आफैँ चाहिँ १४० अर्ब डलरको ट्रेड गरिरहेको छ, हिन्दुस्तानले चाइनासित । तर, सानोतिनो नेपालमा आउने १०/२० मिलियनको कन्ट्रयाकहरूमा उसले किन ऊ गर्‍या ? (उहाँले चासो राख्या भन्न खोज्या होला ऊ गर्या भन्नुभएको छ ।)

तर, उसले एउटा सन्देशचाहिँ दिन खोजिरहेको छ । अमेरिकाले– तल ब्राजिल पोर्चुगिजहरूको थियो, बाँकी ल्याटिन अमेरिका जम्मै स्पेनिसहरूको थियो । एक दुईवटा सानोतिनो फ्रेन्च कोलोनीहरू पनि थिए । अब तिमीहरू हल्ला नगर, यो मेरो सेयर अफ इन्फ्लुयन्स भयो । यसलाई मनरो डक्ट्रिन पनि भनिन्छ ।

अब साउथ एसियामा पनि मनरो डक्ट्रिन आयो । अब 'इन्डिया इज अ राइजिङ पावर' । उसले भन्यो कि– यो सेयर अफ इन्फ्लुयन्समा तिमीहरू बाहिरी शक्तिहरू दखल नगर । यो कुरा हामीले पनि बुझिदिनुपर्छ ।

सिन्सियर्ली मेरा शब्दहरूमा ध्यान दिइयोस् । यो कुरा हामीले  बुझिदिनुपर्छ, राइजिङ पावरहरूको । अलिकति इतिहासका विद्यार्थीहरूले यसलाई सहजै ग्याप्स गर्नुहुन्छ । यसमा पनि हाम्रो रअ नेसनालिज्म जाग्नुहुन्न, त्यस्तो हामीलाई लाग्छ । हामी प्राक्टिकल हुनुपर्‍यो, व्यवहारिक हुनुपर्‍यो । 

हाम्रो ‘जिङ्गोइजम’ (उग्रराष्ट्रवाद) लाई अलि मेलो गरेर साधन के हो, साध्य के हो ? सायद छुटाएर हेनुपर्छ भनेर भन्न खोज्नुभएको होला त्यो शब्द मैले कोट गरिनँ प्रस्ट नभएको भएर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro