site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको अडिसन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित अडिसनमा प्रिलिमिनरी राउन्डबाट छानिएका ६० मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।

अडिसनको निर्णायक मण्डलमा गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की थिए । त्यस्तै, मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सीईओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रूपमा अडिसन लिएका थिए ।

अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइनमार्फत सहभागिता जनाएका थिए ।

अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैरनेपाली महिलाहरूलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा तीन दिनपश्चात् मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरूले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवन उपयोगी सीपहरू सिकाइनेछ । 

मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदै छ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro