विदेश
नयाँ दिल्ली । भारतको झारखण्डमा हावडा–मुम्बई मेल एक्सप्रेसको रेल रोकिने समयमा एउटा मालवाहक गाडीमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।
ठक्करपछि रेलका १० डिब्बा ‘लिक’बाट बाहिर निस्किएका थिए । उक्त दुर्घटना स्थानीय समयानुसार मंगलबार बिहान पौने ४ बजे भएको थियो ।
दुर्घटनापछि त्यहाँ अरू रेलहरूको रुट परिवर्तन गरिएको छ । कतिपयलाई गन्तव्यमा पुग्नबाट रोकिएको छ । घाइतेलाई उपचारका निम्ति चक्रधरपुरतर्फ लगिएको र बाँकी यात्रुलाई बसमार्फत उनीहरूको गन्तव्यतर्फ पठाइएको जनाइएको छ । बीबीसी हिन्दीबाट ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ १०:०८
प्रतिक्रिया दिनुहोस्