site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जापानलाई जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानका सांसदहरूसहित संसदीय समितिका सभापतिको टोलीलाई नेपालको जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । जापानको प्रतिनिधिसभाको न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएका सांसदहरूको टोलीले सोमबार राष्ट्रपतिसँग भेट गरेका थिए ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषि क्षेत्र लगानीका लागि उपयुक्त र प्रतिफल दिने क्षेत्र भएको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकरी दिए । नेपाल सरकारले हालैमात्र कानुनमा रहेका कमीकमजोरी सुधार गर्दै लगानीमैत्री वातावरण बनाएको भन्दै ढुक्क भएर लगानीका लागि आग्रह गरेका थिए । भेटमा राष्ट्रपति पौडेलले नेपालमा जापानको निःसर्त र निस्वार्थ सहयोग रहँदै आएको भन्दै कृतज्ञाता समेत जाहेर गरेका थिए ।

नेपाल र जापानको मैत्री सम्बन्धको सेतु एसियाका ज्योति गौतमबुद्ध रहेको बताए । त्यसबाहेक लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्दासमेत नेपाल र जापानका साझा रहेको उनले बताएका थिए । उनले नेपालको पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । राष्ट्रपति पौडेलले नेपाली विद्यार्थीहरूले जापानमा प्रविधि सिकेर पौरख गरिरहेको पनि उल्लेख गरेका थिए ।

जापानी सांसदहरूको प्रतिनिधिमण्डलले जापानी कम्पनीहरूले नेपालमा लगानी गर्न चाहेको भन्दै सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए । उनीहरूले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा त्यहाँ प्रविधि सिकेर नेपालमै काम गर्न चाहेको उल्लेख गरे ।

नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकाहरूलाई प्रोत्साहन गर्न पनि सुझाएका थिए । उनीहरूले आर्थिक गतिविधि काठमाडौं केन्द्रित भएको भन्दै त्यसलाई विकेन्द्रित गर्न पनि सुझाव दिएका थिए । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro