site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भराने कोमोमा अनुबन्धित 

काठमाडौं । फ्रान्सका रक्षक रफाइल भराने कोमोमा अनुबन्धित भएका छन् । ३१ वर्षीय रक्षक भराने फ्रि एजेन्टको रूपमा कोमोमा अनुबन्धित भएका थिए । उनी हालै मात्र शीर्ष डिभिजन लिगमा उक्लिएका छन् । 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीचको सम्झौता समाप्त भएपछि उनले दुई वर्ष कोमोबाट खेल्ने भएका हुन् । सन् २०१८ को विश्वकप, तीनपटकको ला लिगा र चारपटकको च्याम्पियन्स लिग विजेता भरानेले रियाल मड्रिड छोडेपछि तीन वर्ष युनाइटेडमा बिताएका हुन् । गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुअघि भरानेले देशबाट ९३ क्याप जितेका छन् । 

२१ वर्षपछि इटालियन सिरी ‘ए’ मा उक्लिएको कोमोले आर्सनल तथा चेल्सीका पूर्वमिडफिल्डर सेस फेब्रिगासलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । “म फेरि फेब्रिगासलाई भेट्ने छु, तर यसपटक विपक्षीको रूपमा होइन,” सम्झौतापछि भरानेले भने, “म निकै खुसी छु । म उनको खेल्ने सिद्धान्त र फुटबलप्रतिको लगावलाई साँच्चै मन पराउँछु ।”

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro