site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्तर कोरियामा भीषण बाढी, पाँच हजारलाई सारियो

सिउल । उत्तर कोरियाको उत्तर–पश्चिम क्षेत्रमा आएको बाढीले पाँच हजार मानिस प्रभावित भएका छन् । उनीहरूलाई त्यहाँबाट एयरलिफ्ट गरेर अन्यत्र सारिएको छ । उद्धार कार्यको निरीक्षण गर्न नेता किम जोङ उन नै सो क्षेत्रमा गएको स्टेट मिडियाले जनाएका छन् ।

शनिबार आएको भीषण बाढीका कारण चीनको सीमामा रहेको नदीले खतराको तह पार गरेको थियो । 

उद्धारका लागि करिब १० वटा सैनिक हेलिकोप्टर, नाभी र सरकारी डुंगा प्रयोग गरिएको छ । सो बाढीबाट मुख्य रूपमा सिनुइजु र उइजु सहर प्रभावित भएका छन् ।

उत्तर कोरियाली सञ्चार माध्यमले मृत्यु र क्षतिबारेमा भने केही पनि जनाएका छैनन् । किमले आइतबार उद्धार कार्यको अनुगमन गरेका छन् । उनले प्रभावित परिवारलाई खाद्यान्न र अन्य अत्यावश्यक सामग्री प्रदान गर्न निर्देशन दिएका थिए । एपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro