site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनतामा फर्कने तयारीमा माओवादी 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) फेरि जनतामा फर्कनुपर्ने निष्कर्षमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जनतामा फर्कनुपर्ने सुझाव प्राप्त भएको बताए ।

“परिस्थिति असाध्यै पेचिलो छ । राष्ट्रिय, जनजीविकाका सवाल छन् । एकखालको सन्देश दिएर सरकारबाट बाहिरिएका छौँ । अबचाहिँ जनतामा फर्कनुपर्छ । वर्गसितको कडी कमजोर भएको छ, जनतामा फर्कनुपर्छ भन्ने सुझाव छ,” उनले भने ।

माओवादी पदाधिकारी बैठक गएको शुक्रबारयता जारी छ । बैठक भोलि पनि दिउँसो १ बजे बस्ने उनले जानकारी दिए । वर्तमान परिस्थिति र पार्टी निर्माणका विषयमा बैठकमा छलफल भइरहेको उनको भनाइ छ ।

आइतबारको बैठकमा पाँच पदाधिकारीले आफ्नो धारणा राखेका थिए । पदाधिकारीपछि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए ।

रूपान्तरणको प्रक्रियामा भएकाले जनताका कुरा, आलोचना सुनिने उनले बताए । “जनताका कुरा सुन्छौँ, नयाँ योजना र कार्यक्रमसहित बृहत् अभियानमा जान्छौँ । फेरि एकपटक जनतामा फर्कन्छौँ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७७ जिल्लामा नेतृत्वको टिम जनतामा पुग्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro