site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरिस ओलम्पिक : टेबलटेनिसमा स्यान्टुको चुनौती पहिलो चरणबाटै समाप्त 

काठमाडौं । नेपालका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक–२०२४ को पहिलो चरणबाटै बाहिरिएका छन् । नेपालबाट छनोट प्रतियोगिता जित्दै ओलम्पिक यात्रा तय गरेका स्यान्टु पहिलो चरणमा सेनेगलका खेलाडी इब्राहिम डिअवसँग पराजित भएका हुन् ।

उनलाई डिअवले ४–० को सेटमा हराए । डिअवसँग स्यान्टुले पहिलो सेट प्रतिस्पर्धात्मक बनाए पनि १०–१२ ले गुमाएका थिए । त्यसपछिका तीन सेटमा भने स्यान्टुले सोही लय कायम राख्न सकेनन् । स्यान्टुले त्यसपछिका तीन सेट ३–११, ४–११ र ५–११ ले गुमाएका थिए ।

स्यान्टु नेपालबाट छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन् । नेपालमै भएको ओलम्पिक छनोट खेलमा उनले यहीँका संयोग कपालीलाई हराएका थिए । स्यान्टुअघि नेपालबाट संगीता वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

ओलम्पिकको ३३औँ संस्करणमा नेपालबाट ६ खेलमा स्यान्टुसहित सात खेलाडी सहभागी छन् । प्रतियोगितामा नेपालबाट तीन पुरुष र चार महिला खेलाडी सहभागी छन् । सातै नेपाली खेलाडीको यो ‘डेब्यु’ ओलम्पिक हो ।

सन् १९६४ देखि नेपालले गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको थियो । त्यसयता टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै छ । 

पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिक प्रत्येक चार वर्षको अन्तरालमा आयोजना गर्ने गरिन्छ । योपटक भने तीन वर्षमा गरिएको हो । ३२औँ संस्करणको टोकियो ओलम्पिक सन् २०२० लाई तय थियो । तर, कोभिड–१९ का कारण २०२१ मा आयोजना गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro