site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिमलताल दुर्घटना : बस र यात्रुको अवस्था अझै अज्ञात

काठमाडौं । १५ दिन बितिसक्दा पनि मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र वीरगन्जबाट काठमाडौंतिर आइरहेको दुई बस गएको असार २८ गते सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । दुई बसमा ६५ जना सवार थिए । तीमध्ये तीनजना जीवितै छन् । दुर्घटनामा परेका मध्ये हालसम्म २४ शव फेला परेकामा १९ जनाको मात्र सनाखत भएको छ ।

उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जनाको टोली आएको छ । बस खसेको १५ दिन बितिसक्दा पनि त्यसको कुनै अत्तोपत्तो लागेको छैन ।

सशस्त्र प्रहरी बल र भारतको टोलीले संयुक्त रूपमा बस र यात्रुको खोजी गरिरहेका छन् । भारतबाट आएको टोलीमा सोनार तीन र चारजना गोताखोर र प्राविधिक छन् । ६ दिनसम्म सोनारले खोजी गर्दा केही फेला परेन । त्यसपछि चुम्बकको प्रयोग गर्दा समेत बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले बताए ।

उक्त बसका ३८ यात्रु अझै हराइरहेका छन् । सात दिनलाई आएको भारतीय टोलीको समय शनिबारदेखि सकिएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro