site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित) 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । 

बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैकठमा नेपालको बाल सुधारगृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गर्ने कार्यसूची छ । 

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको ‘सूचनाको हक’ सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । 

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिगत विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro