site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानचेस्टर विमानस्थलको कुटपिट ‘भाइरल’

लन्डन । बेलायतको म्यानचेस्टर विमानस्थलमा भएको एउटा घटनाको भिडियो सोसल मिडियामा ‘भाइरल’ भएको छ ।

उक्त भिडियोमा एक प्रहरीले आफ्नो अनुहार भुइँमा टेकेर पल्टिरहेका व्यक्तिमाथि टेजर गन ताकेर कुटपिट गरिरहेको दृश्य देखिन्छ । त्यसक्रममा प्रहरीले त्यहाँ रहेका मानिसलाई पछाडि बस्न आग्रह गरिरहेको पनि देखिन्छ ।

ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार, गएको मंगलबार विमानस्थलको टर्मिनल २ मा झगडा भएको थियो । त्यसपछि कोही व्यक्तिलाई गिरफ्तार गर्न प्रयास गरिरहेको प्रहरीमाथि आक्रमण गरिएको थियो ।

यद्यपि, उक्त भिडियो हेरेर मानिसले आक्रोश पोखेका छन् । बुधबार साँझ सयौँ मानिसले ग्रेटर म्यानचेस्टर प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

म्यानचेस्टर इभनिङ न्युजका अनुसार, एक प्रदर्शनकारीले त्यहाँ उपस्थित मानिसलाई अब उनीहरू ‘प्रहरीको बर्बरतामा सम्झौता नगर्ने’ बताएका थिए ।

प्रहरी अधिकारी वसिम चौधरीले म्यानचेस्टर हवाई अड्डामा भएको घटनाका विषयमा गरिएको प्रदर्शन शान्तिपूर्ण रूपमा सकिएको जनाएका छन् ।

ग्रेटर म्यानचेस्टर प्रहरीले विमानस्थलमा भएको घटनाबारे एक प्रहरी कर्मचारीलाई डिउटीबाट हटाइएको जनाएको छ । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro