site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौर्य एयरका क्याप्टेन शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ? 
दुर्घटनापछि घाइते अवस्थामा क्याप्टेन मनीषरत्न शाक्यको उद्धार गर्दै सुरक्षाकर्मी ।

काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को आईसीयूकक्षमा उपचाररत छन् ।

शाक्यको अवस्था खतरामुक्त रहेको र परिवारसँग भेटघाट तथा बोलचाल गरिरहेको केएमसीका व्यवस्थापक नारायणप्रसाद दाहालले बाह्रखरीलाई जानकारी दिए ।

३७ वर्षीय शाक्यको टाउकोमा लागेको चोटमा भने बुधबार नै टाँका लगाइएको छ । मेरुदण्डको हड्डीमा पनि चोट लागेको देखिएको छ । तर, तत्काल शल्यक्रिया गर्न स्वास्थ्य अवस्थाले साथ नदिएपछि केही दिन उनलाई अस्पतालमा नै राखिने दाहालले बताए ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको एउटा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमानमा सवार १९ जनामध्ये क्याप्टेन शाक्य मात्र बाँचेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro