देश
काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पुनः ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा बुधबार दिउँसो साढे दुई घण्टा पसिना आएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी युवराज खड्काका अनुसार दिउँसो १२ बजेर ४५ मिनेट जाँदादेखि दिउँसो ३ बजेर १३ मिनेट जाँदासम्म शिलामा पसिना आएको हो ।
‘पसिना’ पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । यसअघि शनिबारसमेत शिलामा पसिना आएको थियो । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ । शिलामा पसिना आउनुलाई राम्रो मानिदैन ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १६:२६
प्रतिक्रिया दिनुहोस्