देश

काठमाडौं । काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार हुँदै यात्रा गर्नेहरूले भोलि बिहान ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिले काठमाडौंमा वर्षा भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ २२:२५
प्रतिक्रिया दिनुहोस्