site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्लाई ‘ब्ल्याकमेल’ गर्ने थलो नबनाउन सांसद शाहीको चेतावनी 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संसद्लाई ‘ब्ल्याकमेल’ गर्ने थलो नबनाउन चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले संसद्का ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दललाई चेतावनी दिएका हुन् ।

“भ्रष्टाचारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लोपटक संसद्‌मा दोहोरी चलेको छ । हामी भन्छौँ– नयाँ, पुराना जोसुकै हुन्, चोर चोर नै हुन्,” उनले भने ।

रास्वपालक्षित हुँदै उनले हिजो सरकारमा हुँदा केही गर्न नसक्नेले अहिले उफ्रिनुको कुनै औचित्य नहुने बताए । हिजो सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाही गरेको भए अहिले किन उफ्रिनुपर्थ्यो भन्ने उनले जिज्ञासा व्यक्त गरे ।

“ओम्नी, गिरिबन्धु, टेरामक्स भनेर कराउन नपरोस्, काम गर्नुहोस् । स्टन्टबाजी नगर्नुहोस्,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro