site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद राजभण्डारीको प्रश्न– महिला बेच्ने गिरोहको कब्जाबाट विमानस्थल कहिले मुक्त हुन्छ ? 

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मानव तस्करीको अखडा कहिलेसम्म भइरहने भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले महिला बेच्ने गिरोहको कब्जाबाट विमानस्थल र अध्यागमन कहिलेसम्म मुक्त हुन्छ भन्दै प्रश्न गरिन् ।

“दुबईमा मात्र दैनिक २५० महिलाको तस्करी हुने र त्यहॉबाट अन्य देशमा बिक्री हुने गरेको मिडियामा समाचारहरू आएको छ । सबै खाडी राष्ट्रको जोड्दा यो संख्या ५०० नाघ्छ,” उनले भनिन्, “सेटिङबिना भिजिट भिसाका नाममा भइरहेको यो तस्करी सम्भव छ ?”

सांसद राजभण्डारीले वैदेशिक रोजगारीमा जान लागेका प्रत्येक नेपालीबाट दलालले मोटो रकम उठाएर मानव तस्करी गरिरहेको बताइन् । उनले थपिन्, “यो अमानवीय सेटिङमा सरकारका निकायहरू नै संलग्न रहेको पनि मिडियामा आएको छ । अध्यागमनबाट सेटिङमा भइरहेको यो तस्करी रोक्न सभामुखमार्फत माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु ।”

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro