site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रोएसियाको नर्सिङ होममा गोली प्रहार : कम्तीमा ६ जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

क्रोएसिया । युरोपेली मुलुक क्रोएसियामा एउटा नर्सिङ होममा गोली चलाइँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर दरुभारस्थित नर्सिङ होममा नै एक कर्मचारीसहित पाँचजनाको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा अर्का एकजनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार, घटनामा चारजनाको अवस्था नाजुक छ । आक्रमणकारी सुरुमा भागेका थिए । पछि नजिकैको क्याफेबाट उनलाई पक्राउ गरिएको छ । दर्ता नगरिएको फायरआर्मस आक्रमणकारीले बोकेको पाइएको क्रोएसियाका मिडियाले जनाएका छन् ।

क्रोएसियाका राष्ट्रपति जोरन मिलानोभिकले आफू उक्त अप्रत्यासित घटनाबाट स्तब्ध भएको जनाएका छन् । बीबीसीबाट ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro