site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई ठूला दल मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह : महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले दुई ठूला राजनीतिक दल (कांग्रेस–एमाले) मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको उनले उल्लेख गरे । उनले अब सेयर बजार मात्र नभएर समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्नेमा जोड दिए ।

मागभन्दा आपूर्ति बढी भएकाले पनि समस्या देखिएको उनले औँल्याए । समस्या समाधान गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको उनले बताए । अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन उनले सुझाव दिए ।

पूर्वअर्थमन्त्री महतले सेयर बजार, जग्गा कारोबारलगायत क्षेत्रमा कर्जा प्रवाहका निम्ति सीमा कायम राखेर गरिएको ‘माइक्रोम्यानेजमेन्ट’लाई विचार गर्न आवश्यक रहेको बताए । उनले बैंकको ब्याजदरमा सहजता आएको भन्दै सेयर बजार र घरजग्गा कारोबारमा रहेका सीमा खुकुलो गरिनुपर्नेमा पनि जोड दिए ।

कर्जामा अनुत्पादक क्षेत्र भनेर लगाएको सीमामा पनि पुनर्विचार गर्न आवश्यक रहेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro