site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस रकमसमित नियन्त्रणमा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

अख्तियारको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई भरतपुर महानगरपालिका–४, कटहर चोकबाट सेवाग्राहीसँग लिएको घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो । 

लेखा अघिकृत कोइरालालाई सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा कोइरालाई आइतबार घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro