site stats
बाह्रखरी :: Baahrakhari
देश
पृथ्वीराजमार्गमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान खसेको लेदोसहितको पहिरो । तस्बिर : हीरालाल गुरुङ/रासस

काठमाडौं । पृथ्वीराजमार्गमा पहिरो गएको छ । राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको हो ।

एक्साभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहान ५ बजे खसेको पहिरोका कारण  मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्