site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिको उमेदवारीमा समर्थन खोज्दै पार्टी नेतालाई कमलाको फोन, भनिन्– म जित्छु

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपति पदको उमेदवारको रूपमा प्रस्ताव गरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफूले चुनाव जित्ने दाबी गरेकी छन् । बाइडेनले फोन गरेर आफूले उमेदवारी छोडेको भन्दै सो पदको लागि कमलालाई प्रस्ताव गरेका थिए ।

बाइडेनको प्रस्तावलगत्तै उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्प र उनको चरम प्रोजेक्ट २०२५ एजेन्डालाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन् ।

अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै  लडेर जित्ने समेत जनाएकी छन् । उनले आफ्नो उमेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् । उनले आइतबारदेखि नै डेमोक्रेटिक पार्टीका नेता तथा कार्यकर्तालाई फोनबाट समर्थन गर्न आग्रह गर्दै क्याम्पेन अघि बढाएकी छन् । बीबीसी
 

 

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro