site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्र ल्याउने कांग्रेस–एमालेले संविधान खाए कसले बचाइदिन्छ ? : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई पश्चगमनको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले जसले जीवन बलिदान गरेर हिंसालाई सही बाटोमा ल्याउँदै तानाशाह फ्याँक्यो तिनै पार्टीले कसरी संविधान सिध्याउँछन् ? भन्दै प्रश्न गरे ।

उनले नेपालमा लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ? भन्दै थप प्रश्न गरे । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान खाने भए कसले बचाइदिन्छ ? भन्ने प्रश्न पनि गरे ।

“संविधान संशोधन गर्नु पश्चगमन भनेको सुनेको छु । लोकतन्त्र शब्द कसले सुनायो नेपालमा ? कांग्रेस–कम्युनिस्टले होला नि,” उनले भने, “यी नै पार्टी संविधान खाने भए, पञ्चायतकालामा जनमतसंग्रहको बेला बच्चाबच्ची रोयो भने ‘ए नबोल नबोल, जनमतसंग्रह भाँडिन्छ’ भनेर अल्मलाउने चलन थियो, ‘चुप लाग चुप लाग’ भन्थे । यो त यस्तै भयो ।”

उनले संविधान संशोधनको विषय जनमतसंग्रह भाँडिन्छ भनेजस्तै नगरे हुने उनले बताए । आफूले भनेको कुरा नभए पश्चगमनको पोसाक लगाइदिने चलन बढेको भनाइ उनको थियो । 

“कांग्रेस, एमाले हैसियत भएका पार्टी हुन् । आन्दोलन, इतिहास बोकेर आएका पार्टी हुन् । बलिदान दिएर आएका पार्टी हुन् । यी पार्टीलाई होच्याउने गरी बोल्ने अभ्यास गर्दाखेरि, यत्रो ठूलो नाजायज कुरा बोलेर के अभ्यास गर्नु ?,” उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro