site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आईटी अवरोधले छिटपुटबाहेक चीनलाई छोएन

बेइजिङ । विश्वभरका माइक्रोसफ्टबाट चल्ने कम्प्युटर सिस्टममा गडबडी आए पनि चीनमा भने सबैथोक ठीकठाक चलेको थियो । शुक्रबार साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकको एक अपडेटका कारण माइक्रोसफट सिस्टमबाट चल्ने सबै कम्प्युटरमा ब्लु स्क्रिन देखिएको थियो । 

यसले गर्दा विश्वको विभिन्न भागमा विमान सेवा तथा अन्य विजनेस सर्भिसमा समस्या आएको भए पनि चीनमा भने छिटपुटबाहेक कुनै समस्या नआएको जनाइएको छ । 

यसको कारण के होला ? चीनले के गरेको थियो र यो समस्याबाट जोगियो ? यसको जवाफ सहज छ । चीनमा क्राउडस्ट्राइकको सायद प्रयोग नै भएको थिएन । क्राउडस्ट्राइकको एक अपडेटमार्फत नै माइक्रोसफ्ट प्रणालीबाट चल्ने कम्प्युटरमा अचानक समस्या आएको थियो । 

चीनमा निकै कम बिजनेस वा सर्भिस समूह छन् जो कुनै अमेरिकी कम्पनीबाट सफ्टवेयर खरिद गर्न चाहन्छन् । किनकी अमेरिकी कम्पनी चीनलाई आफ्नो साइबर सेक्युरिटीको लागि खतरा मान्दछन् ।

चीन माइक्रोसफ्टमा निर्भर थिएन । चीनको बजारमा अलिबाबा, टेन्सेन्ट र ख्वावे जस्ता घरेलु कम्पनीको दबदबा छ र धेरैजसो क्लाउड सर्भिस यिनै कम्पनीको कब्जामा छन् । यसले गर्दा चीनमा आईटी बन्दको खबर त्यति ठूलो घबराहट ल्याउने खालको भएन । यसमा केवल विदेशी कम्पनी र संगठन नै प्रभावित थिए ।

यद्यपि, चीनको सोसल मिडिया साइटमा केही प्रयोगकर्ताले चीन सहरमा रहेका सेराटन, मेरियट र हायात जस्ता इन्टरनेसनल चेनका होटेलमा चेक इन नभएको गुनासो भने गरेका थिए । बीबीसी

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro