site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले खुलाए नयाँ सरकार बनाउनुको कारण, भने– टुलुटुलु हेरेर बस्न सकेनौँ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउनुको कारण संसद्लाई जानकारी दिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाउन नसकेको बताए । 

आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले थिति बसाल्न नसकेपछि नयाँ सरकार बनाइएको बताए ।

“नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया पार्टीले पटक–पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसाल्न सकेन । थिति बसाल्ने रुची पनि राखेन । जसको कारण समाजमा अनेकन दुषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुल हेरर बस्न सकेनौँ । यही कुरालाई आत्मसात गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौँ,” उनले भने । 

ओलीले एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएको बताए । तर, खास समयमा दुई पार्टीबीच सहकार्य भएको र देशलाई परिणाम पनि दिएको जिकिर गरे । ओलीले साँतबुदे सहमति गरी फेरि सहकार्यको थालनी गरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro