site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
४३ वर्ष जेल बसेपछि निर्दोष साबित भइन् अमेरिकी महिला

मिसौरी । आफूले गर्दै नगरेको हत्या अभियोगमा ४३ वर्षसम्म जेलजीवन बिताएकी एक महिलाबारेको फैसला उल्टिएपछि जेलबाट छुटेकी छन् ।

सान्द्रा हेम्मे नामकी ती महिलाले २० वर्षको हुँदा पुस्तकालयकी कामदार सेन्ट जोसेफ मिसौरीकी प्याट्रिसिया जेस्केको हत्या गरेको अभियोगमा सन् १९८० मा जन्मकैदको फैसला सुनाइएको थियो । उनी उक्त घटनामा संलग्न भएको प्रमाण नभए पनि एउटा साइकियाट्रिक अस्पतालमा बेहोस बनाउने औषधि खुवाएर अभियोग स्वीकार गर्न लगाइएको पाइएको छ ।

६४ वर्षीया उनी गलत विश्वासका कारण सबैभन्दा लामो समय जेलमा बिताउन बाध्य पारिएकी अमेरिकी इतिहासमै पहिलो महिला भएको उनका प्रतिनिधिले बताएका छन् ।

उनको कानुनी टोली इनोसेन्स प्रोजेक्टले हेम्मे आफ्नो परिवारसँग पुनः एकीकृत हुन पाएकामा आभार व्यक्त गरेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro