site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन वर्षपछि दोलखा भीमसेनको शिलामा दुई घण्टा ‘पसिना’

काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि ‘पसिना’ आएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार, शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा ‘पसिना’ आएको थियो । मूर्तिको बायाँ भागमा ‘पसिना’ आएको उनले बताए ।

“(शनिबार) दिउँसो १ः४७ देखि ३ बजेर ५१ मिनेटसम्म दुई घण्टा पसिना आएको भनेर मन्दिरका पुजारीले जानकारी गराउनुभएको छ,” सीडीओ पोखरेलले बाह्रखरीसित भने, “शिलाको बायाँ भाग र मस्तिष्क भागमा थोरैथोरै पसिना आएको हो ।”

‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको छ । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ ।

शिलामा आएको ‘पसिना’लाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । त्यसलाई ‘महाप्रसाद’ भनिने उनले बताए । शिलाको ‘पसिना’ पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि छ ।

“जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहित पसिना पुछिएको कपास, त्यसलाई महाप्रसाद भनिन्छ, त्यो राष्ट्रपतिको कार्यालयमा पठाइन्छ,” उनले भने, “हामी भोलि (आइतबार) नै त्यो राष्ट्रपति कार्यालयमा पठाउँछौँ । गृह मन्त्रालयमा पनि पठाउँछौँ ।” 

उनले भीमसेनको शिलामा यसअघि ०७८ वैशाख २५ गते ‘पसिना’ आएको आफूहरूले जानकारी पाएको बताए । “यसअघि २०७८ साल वैशाख २५ गते पसिना आएको रहेछ, त्यसपछि आज हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro