site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ पोलियो, कस्तो हो रोग ? 
फाइल तस्बिर ।

काठमाडौं । ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्दै छ । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त भाइरस देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यही साउन ९ देखि १२ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा पाँच वर्षमुनिका सबै बालबालिकाका निम्ति विषेश खोप अभियान सञ्चालन गरिँदै छ । नियमित दिइएको भए पनि यो अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

Dabur Nepal
NIC Asia

पोलियो कस्तो रोग हो ? 
यो पोलियो भाइरसबाट हुने संक्रामक रोग हो । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई सामान्य लक्षण – जस्तै, ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने हुन्छ । यो रोग लागे गम्भीर किसिमका लक्षण – जस्तै, पक्षघात र मृत्यु समेत हुन सक्ने मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार, यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय पोलियोविरुद्धको खोप नै हो ।

पोलियो रोग कसरी सर्छ ?
पोलियो रोग दूषित खाना र पानीको माध्यममार्फत एकबाट अर्को व्यक्तिमा सर्छ । यो रोगबाट बच्न बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार पोलियोविरुद्धका नियमित खोप पूर्ण मात्रामा दिनुपर्छ । साथै, व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

पोलियो रोग कुन उमेरका मानिसलाई लाग्छ ?
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर, पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । “अबको खोप अभियानमा पाँच वर्षमुनिका बालबालिकालाई थप खोपको मात्रा अनिवार्य रूपमा दिनुपर्दछ,” मन्त्रालयको सूचनामा उल्लेख छ ।

p1-1721466744.jpg
p2-1721466760.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro