site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको ढलमा भेटियो पोलियो गराउने भाइरस, खोप अभियान चलाइँदै

काठमाडौं । काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा सो भाइरस देखिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको हो ।

वाग्मती र टुकुचा किनारसहित अन्य शंकास्पद स्थानको पानीको नमुना संकलन गरी परीक्षणका निम्ति विश्व स्वास्थ्य संगठनको बैंककस्थित प्रयोगशालामा पठाइएको डा. गौतमले जानकारी दिए ।

सो भाइरस पोलियोकै खोप पेटमा गई म्युटेन्ट (परिवर्तित) भएर हुन सक्ने प्रकारको हो ।

Polio-1721390873.jpg
 

भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा तत्काल खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप शाखाले साउन ९ देखि १२ गतेसम्म उपत्यकामा खोप दिँदै छ । 

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर घरमै पुगेर खोप दिइने डा. गौतमले बताए । सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ । नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro