
काठमाडौं । वाग्मतीसहित पाँच प्रदेशमा आइतबार साँझ वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल (आइतबार राति) कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
थोरै स्थानहरूमा भारी वर्षा भैरहेको पनि जानकारी दिएको छ । उक्त वर्षा गराउने बादल दक्षिणतर्फ सर्दै गरेको छ । थप वर्षा समेत हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
"हाल कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा भैरहेको छ र उक्त वर्षा गराउने बादल दक्षिण तर्फ सर्दै गरेको छ । थप वर्षा समेत हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहोला," विभागले आइतबार राति सूचना जारी गर्दै भनेको छ ।