site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यो साता २२० अंकले बढ्यो सेयर बजार, कारोबार रकम २४ अर्ब १६ करोडले बढ्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा कारोबार गर्नेहरूका लागि उत्साहजन रह्यो । यो एक सातामा सेयर बजारका सूचकहरू सकारात्मक रहे । यो साता बजार एक दिन घट्यो भने चार कारोबार दिन बढ्यो ।

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक चार दिनमा २३६.८७ अंकले बढ्यो । तर, सोमबार बजार १७.१८ अंकले घट्दा यो साताको बजार समग्रमा २१९.६९ अंकले बढ्यो । यो साता कारोबार रकम गत साताको तुलनामा २४ अर्ब १६ करोड ५१ लाख रुपैयाँले बढेको छ ।

आइतबारदेखि बिहीबारसम्मको पाँच कारोबार दिनमा ५३ अर्ब नौ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । गत साता २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । साताको अन्तिम दिन बिहीबार मात्र १५ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकम बढेसँगै लगानीकर्ताको कुल सम्पत्ति (बजार पुँजीकरण) पनि तीन खर्ब ४९ अर्ब ७९ करोड ५२ लाख रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यो साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ३८ खर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन कुल बजारपुँजीकरण ३४ खर्ब ९६ अर्ब ९० करोड रुपैयाँ कायम थियो । बजार पुँजीकरणको बढाइ हेर्दा पनि सेयर लगानीकर्ताको सेयरमा लगानी बढेको देखिन्छ ।

यो सता सोमबार बजार १७.१८ अंकले घटेको छ । आइतबार बजार ५२.९७ अंकले बढेको थियो । सोमबार पछिका कारोबार दिनमा बजार लगातार तीन दिननै बढेर कारोबार भयो । मंगलबार बजार ७०.१८ अंकले बढ्यो भने बुधबार ५४.०४ र बिहीबार ५९.६८ अंकले बजार बढ्यो ।

गत साता पनि बजार एक दिन सोमबार मात्र घटेको थियो बाँकी चार कारोबार दिन बजार बढेको थियो । गत साता बजार ८४.९० अंकले बढेको थियो । चार कारोबार दिनमा बजार ८९.५० अंकले बढेको थियो । तर, सोमबार बजार ४.६२ अंकले घटेपछि सो साता बजारको बढोत्तरी ८४.५० अंकमा रोकियो ।

यो साता भने लगानीकर्ताले मनग्य कमाएका छन् । नयाँ सरकारको गठन र आगामी वर्षको मौद्रिक नीतिलाई देखाएकार बजारका खेलाडी सक्रिय हुन सक्ने जानकार बताउँछन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro