site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीले फेरे धितोपत्र बोर्डको अध्यक्ष, टीआईए भन्सार प्रमुख बराललाई जिम्मेवारी

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डमा मन्त्रालयबाट प्रतिधित्व गर्ने प्रतिनिधि तथा अध्यक्ष परिवर्तन गरेका छन् । यसअघि मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएका नरेन्द्रकुमार रानालाई फिर्ता बोलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयका प्रमुख महेश बराललाई मन्त्री पौडेलले बोर्ड अध्यक्ष बनाएका हुन् ।

बराललाई अर्थमन्त्री पौडेलले बुधबार नै नियुक्त गरेका थिए । बरालले आज (बिहीबार) कार्यभार सम्हालेका छन् । उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका थिए ।

Dabur Nepal
NIC Asia

यसअघि नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुन अर्थमन्त्री हुँदा आफ्ना विश्वास पात्र रानालाई अध्यक्ष बनाएका थिए । बोर्डमा कार्यकारी अध्यक्ष नबनाई रानालाई अर्थ मन्त्रालयको एउटा शाखा जस्तै बोर्ड जिम्मा लगाइएको थियो ।

पछि विवाद आएपछि रानालाई अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मा दिइएको थियो । बोर्डको कामकारबाही बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिएर कहिलेकाहीँ मात्र बोर्डमा राना जाने गरेको स्रोतको भनाइ छ ।

अहिले बोर्ड अध्यक्षको प्रक्रिया स्थगित जस्तै छ । सरकार परिवर्तन भएसँगै यसअघिका उमेदवारहरूबाट नै छनोट गर्ने वा नयाँ प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा निर्णय भएको छैन । तर, सर्वाेच्च अदालतले प्रक्रिया नरोक्न अन्तरिम आदेश दिएको अवस्था छ । प्रतिस्पर्धामा डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, चिरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ र कृष्णबहादुर कार्की छन् । यीमध्ये सन्तोषनारायण र मुक्तिनाथले अन्तर्वार्ता र प्रस्तुतीकरण दिइसकेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro