site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन टोलीको यस्तो छ निष्कर्ष
फाइल तस्बिर : रासस ।
SkywellSkywell

काठमाडौं । कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न गएको टोली काठमाडौं फर्किइसकेको छ । गएको असार २७ गते जल तथा मौसम विज्ञान विभागको एक टोली त्यसतर्फ गएको थियो ।

असार २३ र २४ गते कञ्चनपुरमा भएको ‘अति भारी’ वर्षाबारे आफूहरूले अध्ययन गरेको टोलीका एक सदस्यले जानकारी दिए । त्यहाँ दुई/तीन बसेर टोलीले अध्ययन गरेको थियो ।

असार २३ र २४ गते २४ घण्टाको अवधिमा कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो । कञ्चनपुरकै हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । यी तीनै स्थानका उक्त वर्षा २४ घण्टामा नेपालमा हालसम्म मापन गरिएमध्येकै बढी भएको विभागले जनाएको छ । नेपालमा यसअघि ०५० साउन ५ गते मकवानपुरको टिस्टुङमा मापन गरिएको ५४० मिलिमिटर वर्षा नै सर्वाधिक थियो ।

Dabur Nepal
NIC Asia

कञ्चनपुरमा आफूहरूले वर्षा मापन केन्द्रले ठिकसँग काम गरे/नगरेको अध्ययन गरेको ती सदस्य एवं मौसमविद्ले बताए । उनले आफ्नो नाम भने उल्लेख गर्न चाहेनन् ।

उनका अनुसार, दोधाराको ६२४ र हनुमाननगरको ५७३.६ मिलिमिटर वर्षाको तथ्यांकमा तलमाथि हुने अवस्था देखिएन । सुन्दरपुरमा भने ‘थोरै पर्सेन्टेज इरर’ देखियो । त्यसले वर्षाको तथ्यांकमा खासै फरक नपर्ने उनको भनाइ छ ।

“वर्षा मापन केन्द्रले राम्रै काम गरेको आएको छ । दोधारामा ६२४ र हनुमाननगरमा त्यति नै (५७३.६) मिलिमिटर वर्षा भएको र त्यसमा फरक पर्ने अवस्था देखिएन,” ती मौसमविद्ले बाह्रखरीसित भने ।

उनले थपे, “सुन्दरपुरमा थोरै पर्सेन्टेज इरर देखियो । त्यो पनि रेकर्डमा खासै फरक पर्ने खालको होइन ।”

टोलीले कञ्चनपुरका वर्षा मापन केन्द्रको अध्ययनसँगै स्थानीय र सरोकारवाला निकायका अधिकारीसँग छलफल पनि गरेको थियो । “हामीले स्थानीयलाई केही प्रश्न गरेका थियौँ । यसअघि यस्तो वर्षा देखेको/नदेखेको सोधेका थियौँ,” उनले भने ।

उक्त वर्षा प्रभावित क्षेत्रमा पुगेर टोलीले स्थानीयसँग छलफल गरेको थियो । “उहाँहरू (स्थानीय)ले आफ्नो जीवनकालमै यति धेरै वर्षा नदेखेको बताउनुभएको थियो,” उनले भने ।

टोलीले दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग समेत वर्षाको प्रभावबारे छलफल गरेको थियो । उक्त अध्ययनको निष्कर्ष विभागले सार्वजनिक गरेको छैन । “अध्ययनको ड्राफ्ट तयार भएको छ, त्यसलाई फाइनल गरेर विभागले विज्ञप्ति जारी गर्नेछ,” ती सदस्यले भने ।

ती सदस्यका अनुसार, यो वर्ष विभागले मनसुनको समयमा प्रभावमा आधारित मौसम पूर्वानुमान सेवा पनि प्रदान गरेको छ । त्यसबारे समेत अध्ययन गर्न आफूहरू गएको उनले जानकारी दिए ।

“मनसुनमा प्रभावमा आधारित मौसम पूर्वानुमान सेवा प्रदान गरिएको छ । नमुनाका रूपमा यो सेवा प्रदान गरिएको हो,” उनले भने, “यसमा कति वर्षा र कस्तो प्रभाव आदि विषयमा पूर्वजानकारी र सचेत गराइन्छ,” ती मौसमविद्ले भने ।

विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेललगायत अधिकारीको टोली कञ्चनपुर गएको थियो ।

“वायुमण्डलीय तथ्यांक, भू–उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचाचीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचाचीय रेखा सक्रिय रही अरबसागर तथा बंगालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अति भारी वर्षा भएको देखिन्छ,” वर्षाको कारणबारे विभागले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu