site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ५९ अंकले बढ्यो, १५ अर्बमाथिको कारोबार
SkywellSkywell

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५९ अंकले बढेर २४ सयको विन्दु पार गरेको छ । बिहीबार बजार ५९.६८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २४२४.३२ मा कायम छ ।

यस दिन परिसूचक ९० अंकसम्म उकालो लागेको थियो । त्यसपछि केही मत्थर हुँदै कारोबारको अन्त्यमा ५९ अंकले बढ्यो । अघिल्लो कारोबारको दिन (बुधबार)मा बजार ५४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Dabur Nepal
NIC Asia

बजारसँगै कारोबार समेत उच्च भएको छ । १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँबराबरका तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर एक लाख ८४ हजार ७१२ पटकमा खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब पाँच करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।

नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् आयोजना, उपकार लघुवित्त, थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढ्यो । ९५ कम्पनीको सेयर मूल्य घट्यो ।

समूहगत उपसूचकतर्फ फाइनान्स समूह ३५.६९ र जलविद्युत् ०.२२ अंकले घट्यो । बाँकी ११ समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह ८०.४९ अंक अर्थात् ६.२८ प्रतिशतले बढ्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu