site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
संयोगै संयोगको ‘भूठान’को कहानी
चलचित्र ‘भूठान’मा अभिनय गर्दै हरिवंश आचार्य र अनुराधा मजुमदार । 
SkywellSkywell

काठमाडौं । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्र पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य र कलाकार दयाहाङ राई छन् । कलाकार पूजा चन्द, ऋचा घिमिरले पनि अभिनय गरेका छन् । 

साँघुरो’ चलचित्रका निर्देशक जोएस पाण्डे, अदिति प्याकुरेलका साथै हलिउडका कलाकार ब्रुस डर्न पनि चलचित्रको  महत्वपूर्ण भूमिकामा छन् ।
  
हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो । यसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।
 
यो चलचित्रमा धेरै संयोग रहेको निर्माता अविरल थापाले बताएका छन् । सुरुमा यो चलचित्रको टिमले पहिला बलिउडका लोकप्रिय अभिनेताहरू नसीरूद्दीन शाह र अनुपम खेरलाई स्कृप्ट पढ्न दिएको थियो । दुवैले स्क्रिप्ट मन पराएका थिए । पछि मन हुँदाहुँदै पनि नसीरूद्दीनले प्राविधिक कारण आफूले काम गर्न नसक्ने बताए । त्यसपछि अनुपम खेर र आदिल हुसेनलाई पनि अभिनयका लागि प्रस्ताव गरिएको थियो । 

Dabur Nepal
NIC Asia

नाटक निर्देशक विमल सुवेदी र यो चलचित्रका सह–निर्माता शैलेश मैनालीले मुम्बई पुगेर अनुपम खेरलाई प्रारम्भिक सहमति पनि गरे । तर, विभिन्न कारणले निर्देशकले चलचित्रको सुन्दरतालाई बिग्रन दिनुभन्दा नेपाली कलाकारसँगै काम गर्न उचित हुने भन्दै खेरसँगको अध्याय बन्द गरेका निर्माता थापाको भनाइ छ । 

त्यसपछि चलचित्रमा जोडिए कलाकार हरिवंश आचार्य । “हरिवंशले काम गर्दा उक्त पात्रले अझ जीवन्तता पायो भन्ने लाग्छ,” उनले भने ।
 
अर्को संयोग यो चलचित्रमा भारतकी नाट्य क्षेत्रकी लोकप्रिय कलाकार एवं प्राध्यापक अनुराधा मजुमदार जो नेपालका लागि परिचित नाम हो । उनी आफ्ना विद्यार्थी समेत रहेका निर्देशक विनोद पौडेलको आग्रहमा स्वयंसेवकको रूपमा सेमिनारमा सहभागी हुन, साइट भिजिट गर्न र चलचित्र निर्माण प्रक्रियाको मेन्टरिङको लागि २०२४ को जनवरी मै अमेरिका पुगिन् । 

चलचित्र छायांकनकै क्रममा एक कलाकार जगमाया सुवेदी विरामी भइन् । जो  लामो समय क्यान्सरदेखि ग्रसित थिइन् । त्यसैले उनले काम गर्नै नसक्ने अवस्था आएपछि निर्देशकको विशेष अनुरोधमा छांयाकनमा आउन लागेको अवरोधलाई अनुराधाले अभिनय गरिदिएर समाधान गरिदिएकी थिइन् । उनले बिना पारिश्रमिक अभिनय गरिदिएको निर्माता अविरल बताउँछन् । 

अनुराधा कलाकारको रूपमा कहिल्यै चलचित्रमा अनुबन्ध भएकी थिइनन् । पछिसम्म पनि उनले विविध कारणले काम गर्न चाहेकी थिइनन् तर तत्काल अरु विकल्प नभएपछि परिस्थितले अभिनय गर्नुपर्ने अवस्थामा पुगिन् । 

निर्देशक विनोद पौडेल अनुराधाले लगाएको गुन आफूले बिर्सनै नसक्ने बताउँछन् । यस्ता धेरै संयोग र घटनाबीच आफूले चलचित्रको गुणस्तर र मर्म मर्न नदिएर जीवनकै विशेष चलचित्र बनाउने बताउँछन् । 

सानो बजेटमा धेरैको सहयोगले बनेको चलचित्रले विश्वबजारमा नेपाली चलचित्रको उपस्थिति जनाउने निर्माण टिमको अपेक्षा छ । चलचित्र सन् २०२४ को अन्त्यसम्ममा विश्वभर रिलिज हुने निर्माणपक्षले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu