site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज बाढीको जोखिम रहेको छ । दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोटका नदी तथा खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

रुकुम पश्चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा खोलामा बहाव बढ्ने तथा केही खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेको विभागको भनाइ छ । 

आगामी तीन दिन कोसी, नारायणी र यसका प्रमुख सहायक नदीहरू तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्नेछ । महाकाली, कर्णाली र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro