site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कार्साङ’को वर्कसपमा दयाहाङ
SkywellSkywell

काठमाडौं । चलचित्र ‘कार्साङ’को वर्कसपमा दयाहाङ राई जोडिएका छन् । यो चलचित्रमा अनुबन्ध भएसँगै दयाहाङ वर्कसपमा जोडिएका हुन् । 

‘कार्साङ’को वर्कसप केही दिन देखि काठमाडौंमा भइरहेको छ । 

Dabur Nepal
NIC Asia

अर्को साताबाट यो चलचित्र छायांकनमा जानेछ । केही महिनाअघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हूत गरिएको चलचित्रमा दयाहाङसँगै सिर्जना निङ्लेकु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी मुख्य भूमिकामा छन् । नवनायिकाका रूपमा सिर्जना र छिरिङले डेब्यु गर्दै छन् ।

चलचित्रलाई यम शेर्पाले निर्देशन गर्दै छन् । उनको यो डेब्यु निर्देशन हो । चलचित्रमा कथा, पटकथा तथा संवाद पनि उनी स्वयंको छ ।

निर्माता पुरुषोत्तम प्रधान हुन् । चलचित्रमा प्रधानकै डीओपी रहनेछ । गोविन्द बोहरा सह–निर्माता रहेको चलचित्रका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu