site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
छनोटबाट बाहिरिएका मधेसका दुई टिमले महिला लिग फुटबल खेल्ने
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगमा १० टिम सहभागी गराउने निर्णय गरेको छ । एन्फाको बुधबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतियोगितामा १० टिम सहभागी गराउने निर्णय गरेको हो । 

जसअनुसार लिगमा तीन विभागीय टोलीसँगै छनोटबाट आएका तीन क्लब, संकटा र वाग्मती युवा क्लबसहित चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकालाई पनि सहभागी गराउने निर्णय गरेको हो ।

Dabur Nepal
NIC Asia

सर्लाहीको वाग्मती युवा क्लब र रौतहटको चन्द्रपुर नगरपालिका यसअघि एन्फाले सञ्चालन गरेको राष्ट्रिय महिला लिग छनोटबाट बाहिरिएको मधेस प्रदेशकै टिम हुन् । तीन टिम छनोट हुने समीकरणसहित सुर्खेतमा भएको प्रतियोगितामा मधेस चौथो भएपछि राष्ट्रिय लिगमा छनोट हुन असफल भएको थियो । 

तर, एन्फाको बुधबार बसेको बैठकले भने छनोटबाट बाहिरिएको मधेस प्रदेशका दुई टिमलाई लिगमा सोझै सहभागी गराउने निर्णय गरेको छ । यस विषयमा एन्फाका प्रवक्ता सुरेश शाहले भने महिला लिगलाई लम्ब्याउन चार टिमलाई ल्याउने निर्णय भएको प्रस्टीकरण दिए ।

“महिला लिगलाई लामो बनाउन र महिला फुटबललाई चलायमान बनाउन टिम थपेका हौँ । यसैकारण रौतहटको चन्द्रपुर र वालिङ नगरपालिकासँगै वाग्मती युथ क्लब र संकटा क्लबलाई सहभागी गराउने निर्णय भएको हो,” प्रवक्ता शाहले बाह्रखरीसँग भने ।

गत वैशाख ७ गतेदेखि २१ गतेसम्म सुर्खेतमा भएको महिला लिगको छनोटमा सात प्रदेशका सात टिमले प्रतिस्पर्धा गरेका थिए । जसबाट शीर्ष तीन टिम राष्ट्रिय लिगमा छनोट हुने प्रवधान एन्फाको थियो । उक्त लिगमा चौथो स्थानमा सीमित बनेपछि मधेस प्रदेश राष्ट्रिय लिगमा छनोट हुन असफल भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu