site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीच बाटोमै कार छाडेर भागेका विकास प्रहरीको फन्दामा
SkywellSkywell

काठमाडौं । सुन तस्करीको धन्दामा लागेका काभ्रेका विकास योन्जन पक्राउ परेका छन् । तस्करीको सुन बरामद भएको करिब एक वर्षपछि काभ्रेको महाभारत गाउँपालिका–२ का योन्जन काठमाडौंको गौशलाबाट पक्राउ परेका हुन् ।

काभ्रेको खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङको साथबाट प्रहरीले ९६० ग्राम सुन फेला पारेको थियो । गएको भदौ २५ मा दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं ओर्लिएका उनले सुनको लेदो बनाएर मलद्वारमा लुकाएर ल्याएका थिए । 

दोङ पक्राउपछि अनुसन्धानका क्रममा उनी भरिया मात्र भएको खुल्यो । त्यसपछि दोङले ल्याएको सुन ‘रिसिभ’ गर्ने समूहको खोजी प्रहरीले गर्‍यो ।

KFC Island Ad
NIC Asia

प्रहरीले सुन ‘रिसिभ’ गर्ने काभ्रेको रोसी गाउँपालिका–३, घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका–३ का ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई समेत पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धानले सुनका मालिक विकास भएको खुलायो । तर, उनी त्यतिबेलादेखि नै फरार थिए । त्यतिबेलाको प्रहरीको अनुुसन्धानले उनी राजनीतिक आडमा सुन तस्करी गर्ने गरेको देखाएको थियो । मंगलबार भने विशेष सूचनाको आधारमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पक्राउ परेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

त्यतिबेला अनुसन्धान गरेको प्रहरीले योन्जन समूहले दुबई हुँदै विभिन्न व्यक्तिमार्फत महिनाको २० देखि ३० किलो सुन तस्करी गर्ने गरेको दाबी गरेको थियो ।

कार छाडेर भागेका थिए विकास
दुबई हुँदै सुन ल्याएका बाबुलालसहितको टोलीलाई पक्राउ गरेको प्रहरी सुन तस्करीका मालिक विकासको खोजीमा थियो ।

प्रहरीले विकास चढेको वाग्मती प्रदेश ०१२७ च ९९६० नम्बरको क्रेटा गाडीलाई काठमाडौंको ढल्कुबाट पिछा गर्दै थियो । उनीसँगै अर्का आरोपी मिङमासमेत थिए । तर, मिङमालाई पक्राउ गर्न सफल प्रहरी विकासलाई भने पक्राउ गर्न सकेनन् । विकासले गाडीमै बोकेको रड प्रहरीमाथि प्रहार गर्न खोज्दै भाग्न सफल भए । 

विकासको आपराधिक यात्रा सुन तस्करी मात्र होइन । यसअघि मोटरसाइकल चोरी मुद्दामा मकवानपुरको भीमफेदी कारागार बसेर चार वर्षअघि मात्रै छुटेका थिए ।

जेलबाट छुटेलगत्तै आपराधिक गतिविधि तीव्र पारेका उनीनिकट बताउँछन् ।

कारबाट भएको थियो करोडौँको चेक बरामद 
त्यतिबेला विकासलाई पक्राउ गर्न नसके पनि उनी चढेको कारबाट प्रहरीले करोडौँको चेक समेत बरामद गरेको थियो । कारमा प्रहरीले काभ्रे क्षेत्र नम्बर–१ ‘ख’का प्रदेशसभा सदस्य तीर्थ लामाले दिएको ६ लाख रुपैयाँको चेकसमेत बरामद गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro