site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकसहित यी जिल्लामा आज बाढीको जोखिम 

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम छ । सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ । 

यी जिल्लाका अधिकांश नदी तथा खोलामा बहाव बढ्ने तथा केही खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
1-1721099640.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्